मिर्चैयामा श्री बिष्णु महायज्ञ सुरु : आज कलश यात्रा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २४, मंगलवार ११:२२ बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । प्रदेश नम्बर २ को  जिल्ला सिरहाको  मिर्चैया  नगरपालिका -४ कुथनमा ÷ मिर्चैयाको बरबिगहा स्थित ११ दिने श्री बिष्णु महायज्ञ जपमा १२१ मुर्तिहरुको साथ  महायज्ञ आज देखि सुरु भएको छ ।महायज्ञमा तान्त्रिक बाबले माटोद्वारा बनेको गोलोमा नै वाट धुनिको बिचमा बसेका छन् ।१२१ वटा  देवी देवताहरुका  प्रतिबिम्ब महायज्ञमा बनाएको हो  ।

समाजमा शान्ती , प्रगति उन्नति र स्थायीत्व सुख ,शान्ति र स्वस्थ्य व्यापारव्यसाय स्थापनाकाे कामना गर्दै मिर्चैया ÷ कुथनमामा  लामो समय  पश्चात ११ दिने श्री महाबिष्णु  नाम जप महायज्ञ सुरु भएको  छ।

मिर्चैया न.पा ०४ स्थित मिर्चैया ÷कुथनमा बुढिया माई थान बाट  बिहान करिब  ७:०० बजे दुई हजार भन्दा बढी भक्तजनको  सहभागी सहितको विशाल कलश शोभा यात्रा निकालिएको थियो । शान्ती कलश शोभा यात्रा निकाली ११ औं दिने श्री महाबिष्णु नाम जाप  महायज्ञको शुरुवात गरिएको हो ।

बाजागाजा सहित निकालिएको शान्ती कलश शोभायात्रामा मिर्चैया नगरपालिकाका वार्ड -०४ को अध्यक्ष दिनेश यादव, मेला अध्यक्ष रामबिलाश साह, नेपाली कांग्रेसका युवा जिबछ यादब — जसपा युवाका नेताहरु , एमाले पार्टीका बिधार्थी युवा नेताहरु , , शिक्षक, विद्यार्थी, विभिन्न पार्टीका नेता कार्यकर्ता, भद्रभलादमि, नागरिक समाज, पत्रकार, यूवा, ब्यबसायी, किशान लगायतका उल्लेख्य सहभागीता रहेको थियो ।

महायज्ञ ११ औं दिने बिष्णु महायज्ञ  जप, दुईदिने झाखी पश्चात सम्पन्न हुने समितीले जनाएको छ।

मिर्चैया स्थित महायज्ञ स्थलबाट निकालिएको कलश शोभा यात्रा मिर्चैया बजार हुँदै कटारी ….. पर्ने पचाईन नदिमा पुगी जल भरेर गाउँको परिक्रमा गर्दै पुनः महायज्ञ अर्थात बुढिया माई थान कुटीमा पुगी कलश स्थापना भई सम्पन्न गरिएको छ ।

स्थानीयहरुको आर्थिक सहयोग र ग्रामीण यूवाको आयोजनामा सुरु भएकाे ११ औं दिने श्री बिष्णु महायज्ञ  समितिका अध्यक्ष श्री राम बिलाश साहले  बताए ।

उक्त श्री बिष्णु महायज्ञ  नाम जाप  महायज्ञमा छिमेकी गाउँ कुथनमा, सितापुर र बलुवा टोल ,जिवा ,मटिर्वा गाउँ  भएर  लगायतका ठाउँको भजनकिर्तन मंडलीहरु सहभागी हुने आयोजक समितीका अध्यक्ष साह बताए ।

चालिस बर्ष पश्चात हुन लागेको रामनाम जप महायज्ञलाई हर्षोल्लास पूर्वक सफल पार्न स्थानीय राजनीतिकर्मी,बुद्धिजीवी,यूवाहरु ,स्थानीय ,व्यापारीक सबैले लागी परेका छन्  । मेलामा विविध प्रकारका खेल  खेल्ने रामझुला, मोतको कोवा र अन्य खेलकुद समेत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार