
मधेश24,सिरहा । प्रदेश नम्बर २ सिरहाको एक जंगलमा बेवारिसे शव फेला परेको छ । कर्जन्हा नगरपालिका – ४ बस्तीपुर देखि करिब ४ किलो मिटर उतरमा (बेलहा ) भनेर चिनिने सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक युवकको शव भेटिएको छ ।
सम्तोला रङको बाटिएको डोरीले नाम थर, वतन खुल्न नआएको अन्दाजी २० /२२ वर्षको जस्तो देखिने व्यक्तिकाे फुलेको अवस्थामा शव फेला परेको हो ।
मंगलबार एक स्थानीय वासी दाउरा काटन गएको बेला रुखमा झुण्डिएको अवस्थामा देखेपछि गाउमा खबर गरेको थियो । खबर पाएलगतै घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलि पुगेको र अनुशन्धान तिब्र रुपमा भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएको छ ।