धनुषाको सबैला नगरपालिकामा चैती दुर्गा : आज कलश शोभा यात्रा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ३१, मंगलवार १५:२६ बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

महेश कुमार राय,मधेश24,धनुषा । प्रत्येक वर्ष झैं यस वर्ष पनि प्रदेश नम्बर २ धनुषा जिल्लाको सबैला नगरपालिकामा भब्य चैती दशै (चैती दुर्गा) शुभ आरम्भ गरिएको हो।

धनुषाको सबैला नगरपालिकाको वडा नं.९ भठिहनमा चैती दुर्गा पुजा विगत चार साल देखि मनाउन थालिएको हो।उक्त पुजाको उपलक्ष्यमा मेलालाई सफल पार्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आरम्भ समेत गरिएको मेलाको अध्यक्ष श्री मनिशंकर प्रसाद साहले मधेश२४ लाई जानकारी गराए।

उक्त उपलक्ष्यमा आज पहिलो दिन हजारौं – हजारको श्रद्धालु – भक्तजनहरुको सहभागीतामा कलश शोभा यात्रा निकालिएको थियोे।

उक्त कलश शोभा यात्रा दुर्गा मन्दिरको प्राङ्गणबाट निस्केको श्रद्धालु – भक्तजन,महिला – बालबालिका सहितको कलश लिएर ठिल्ला,सबैला दुर्गा मन्दिरको प्राङ्गणमा परिक्रमा गरी गोबिन्दपुर गाउँ हुँदै जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थल कुशमाहा,सतोषर धामको रूपमा मानिने सप्तेस्वरनाथ महादेव मन्दीरको अगाडि रहेको सतोखर(सतोखरी) तलाउमा पुगेका थिए। सतोखर तलाउबाट कलशमा जल भरेर पुनः भठिहन चैती दुर्गा मन्दिरको प्राङ्गणमा राखेका थिए। कलश यात्री श्रद्धालुहरुलाई प्रसाद(पुरी,जिलेवी,हलुवा इत्यादि) समेत दिएको थियोे।

अध्यक्ष साहको अध्यक्षतामा निकालिएको उक्त कलश यात्रा रथ,बैण्ड – बाजागाजा सहित सबैला नगरपालिकाको नगर प्रमुख श्री बिजय शंकर प्रसाद साह,उप-प्रमुख निलु देवी कापर, वार्ड अध्यक्ष तथा मेला सल्लाहकार श्री सुशील कुमार राय, बजार समितिको उपाध्यक्ष श्री राम कृपाल राय,मेलाको उपाध्यक्ष नवीन प्रकाश राय,सचीव जिवछ कापर,सल्लाहकार बिनोद राय,किशोरी कापर, शिक्षक, विद्यार्थी, विभिन्न पार्टीका नेता कार्यकर्ता, भद्रभलादमि, नागरिक समाज, पत्रकार, यूवा, ब्यबसायी, किसान समेत उपस्थित भएका थिए।

चार दिने मेलामा मुख्य आकर्षकहरु : ३१ गते मंगलबारको राती एक दिने जागरण, दुई दिने पहलमानी(दंगल), नाच प्रोग्राम समेत हुने समितीले जनाएको छ। मुख्य मेला ६,७,८ र ९ गते चार दिने र त्यहिमा पहलमानी र नाच रहेको कमिटीले जनाएको छ।

चार वर्ष देखि लागिरहेको उक्त मेला यस साल पनि बडा – धुमधामको साथ लागिएको छ। पोर साल कोभिड-१९ को कारणके त्यति हर्षोउल्लास देखिएको थिएनन् तर यस साल माता रानिको दरबार भक्तजनहरुको सहभागीके रंगिएको देखिन्छ। समाजिक दुरी कायम गरेर कलशयात्रा समेत भर्नलाई आग्रह गरेका थिए: मेयर साह।

गाउँ समाजको आर्थिक सहयोग र पुजा कमिटी यूवाको आयोजनामा सुरु भएकाे चार दिने श्री चैती दुर्गा मेला समितिका सल्लाहकार बिनोद रायले बताए ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी परिचालन पनि हुने आयोजक समितिले जनाएको छ । मेलामा विविध प्रकारका खेल खेल्ने रामझुला, मोतको कोवा समेत रहेको सल्लाहकारहरुले जनाएका छ्न।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार