विद्यालय बन्द गरे पनि पूर्व निर्धारित परीक्षा नरोकिने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ७, मंगलवार ०६:०६ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले देशका ४० स्थानीय तहका विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा पनि नरोकिने बताए ।

त्यस्तै चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षाहरु पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार