जनकपुरसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ९, बिहीबार ०७:२९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुरधाम : जनकपुरधामसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा छ । ‘काठमाडौंमा अब ४०/४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले सँग भनिन्, ‘त्यसपछि वर्षा प्रदेश १ तिर सर्न सक्छ ।’

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले विहान ५/६ बजेबाट वर्षा सुरु भएको बताइन् । उनका अनुसार वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश ३ हुँदै प्रवेश गरेको हो ।

तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन । वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ ।

केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ।

‘तर रातिबाट फेरि मौसम सुधार (वर्षा रोकिने) हुने देखिएको छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार