सरकारी निर्णयलाई धज्जिया उठाउँदै सिरहामा विद्यालय सँचालन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १३, सोमबार २१:३३ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहा जिल्लाका निजि विद्यालयका सँचालकहरुले सरकारी निर्णयलाई धज्जिया उडाउँदै स्कूल सँचालनमा राखेका छन् ।

सिरहा जिल्लाको विभिन्न स्थानमा रहेको नीजि विद्यालयहरुले सिडिओको आदेशलाई अवज्ञा गरी अटेरी गर्दै विद्यालय अझै सँचालनमा राखेका छन् । स्थानीय प्रशासनले कोभिड -१९ लाई मध्यनजर गर्दै तत्काल विद्यालयहरु बन्द गरी अनलाईन क्लास सँचालन गर्न निर्देशन दिएपनि स्कूलबालाहरुले अटेरी गरेका छन् ।

निजी विद्यालयहरुले वार्षिक शुल्क उठाउन सरकारी निर्णयलाई बेवास्ता गर्दै विद्यालय सञ्चालन गरिरहेका छन् ।
कोरोना संक्रमण बढदै गएपछि सरकारले निजि तथा सरकारी बिधालय बन्द गरन निर्देश दिएपनि स्वास्थ्य मापदण्डको पालना नै नगरी विद्यालय निर्वाध सँचालनमा राखेका छन् ।
कोरोना भाइरसको दोस्रो चरणको संक्रमण पुनः तिव्र गतिमा फैलिरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाल सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय तथा कलेजहरुलाई वैशाख १३ गते भित्र परीक्षा लिइसक्न र वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

तर सो निर्णयलाई बेवास्ता गर्दै यस क्षेत्रका निजी विद्यालयहरुले बार्षिक शुल्क उठाउने बहानामा परीक्षा सञ्चालन गरिरहेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोनाको बिकराल रुप भएपछि सँगै रहेको नेपालको सीमा क्षेत्रमा यसका अधिक प्रभाव पर्ने भन्दै प्रशासनले बैशाख महिनाभरिसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो । कोरोनाको चेन तोडनको लागि केही दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार