महोत्तरीमा २२ गतेदेखि लकडाउन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २०, सोमबार ०८:५७ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

गौशाला : महोत्तरीमा बुधवारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

महोत्तरीमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ९ दिनका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ९ दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

पछिल्लो समय महोत्तरीमा समेत तिब्र गतिमा संक्रमण फैलिन थालेपछि बुधवारदेखि लागु हुनेगरि निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईकाका अनुसार वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा अवधिभर सवारी साधन आवागमनमा पूर्ण रोक लगाइने उनले जानकारी दिए । त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने निर्णय भएको उनको भनाई छ ।

बजार व्यवसाय सञ्चालनमा निश्चित समय तोकिए पनि औषधि पसलहरू नियमित सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

यता, धनुषामा भने वैशाख २१ मंगलवार गतेबाटै निषेधाज्ञा जारी भएको छ । पछिल्लो समय महोत्तरी र धनुषामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेपछि निशेधाज्ञा जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार