विवाहको २७ वर्षपछि भयो बिल गेट्स र मेलिन्डाको डिभोर्स

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २१, मंगलवार १०:४१ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

एजेन्सी ।माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् ।

विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् ।

बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि यस्तो निर्णय लिइएको जनाएका छन् । ‘पछिल्ला २७ वर्षमा हामीले तीन बच्चालाई हुर्काएका छौं । हामीले एउटा परोपकारी फाउन्डेशन पनि बनाएका छौं, जसले विश्वभरका मानिसको स्वास्थ र राम्रो जीवनका लागि काम गर्छ । यस मिसनमा हाम्रो अहिले पनि एकै सोच छ र मिलेर काम गर्नेछौं । यद्यपी, हामीलाई आगामी समय पती–पत्नीका रुपमा बिताउन सक्छौँ जस्तो लागेको छैन । त्यसैले आफ्नो जीवनको नयाँ सुरुवात गर्न जाँदैछौं ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

बिल गेट्स र मेलिन्डाबीच पहिलो भेट १९८७ मा भएको थियो । १९९४ मा उनीहरुले विवाह गरेका थिए । विश्वकै धनी व्यक्तिमध्येका एक बिल गेट्स आफ्नो समाजसेवाका लागि पनि प्रख्यात छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार