ब्रम्हचारी दमोद्रानंद कलेजमा वेलकम प्रोग्राम धुमधामले मनाइयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २३, मंगलवार १३:४७ बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहाको मिर्चैया नगरपालिका -५ स्थित रहेको ब्रम्हचारी दमोद्रानंद कलेजको वेलकम प्रोग्राम मंगलबार सम्पन्न भएको छ।

कलेजका चौथो बर्षमा अध्यनरत विद्यार्थीले नयाँ भर्ना भएका विद्यार्थीलाई एक समारोहकाबीच स्वागत गरेका छन् भने चौथो बर्षमा अध्यनरत विद्यार्थीहरु लाई प्रथम,दोस्रो र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले बिदाइ पनि गरेका छन।

बिदाइ गरिएको  विद्यार्थीहरु लाई कलेजले मायाको चिनो दिएर बिदाइ गरिएको हो।

उक्त समारोहमा बोल्दै चन्द्रदिप साहले  यस्ता कार्यक्रमले नवआगन्तुक विद्यार्थीलाई हौसला प्रदान गर्ने विश्वास लिँदै नयाँ विद्यार्थीलाई पारिवारिक वातावरणको अनुभूति हुने बताए । यो कलेजको शिक्षकले  विद्यार्थी लाई पुर्णरुपले शिक्षित बनाउने उनले बताए ।

कार्यक्रममा कलेजको प्रमुख संजय साहले भने,यस कलेज बाट पाएका राम्रो ज्ञान् लिएर जानू र नराम्रो कुराहरु बाहिर फालेर जानू अनुरोध गरे। यो कलेज शिक्षाको लागि मात्र बनेको र  कलेजमा राजनीति नगर्दिन समेत उनले आग्रह गरे। यो बिडि कलेजलाई ६ महिना भित्र जिल्लाको नमूना कलेज बनाउने बताए ।

सोही कार्यक्रममा कलेजका सबै शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार