सिरहामा पहिलो पल्ट सेटलाइट टिभी सञ्चालन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २, बिहीबार ११:२२ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । प्रदेश नम्बर २ सिरहा जिल्लामा पहिलो पल्ट सेटलाइट टिभी सञ्चालनमा आएको छ ।

बुधबार सिरहाको गोलबजार नगरपालिका -४ स्थित गोलबजारमा उद्घाटन कार्यक्रम आयोजना गरि
मा धमिनी मिडिया एंड इन्टरटेनमेन्ट प्रा लि द्धारा संचालित एम स्टार टेलिभिजनको उद्घाटन भएको हो ।

टेलिभिजनको संचालक बिटु सिंहको अध्यक्षतामा र प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको आतिथ्यमा दिप प्रज्वल गरि टेलिभिजनको उद्घाटन भएको थियो ।

कार्यक्रममा नयाँ वर्ष २०७८ को शुभकामना दिदै मन्त्री यादवले भने, सातै प्रदेश मध्य यो २ नम्बर प्रदेश मात्र यस्तो प्रदेश हो जसमा आम सन्ञ्चार प्राधिकरण र मिडिया काउन्सिल स्थापना भएको छ। प्रदेश सरकारले ३० देखि ४० वर्ष सम्म पत्रकारिता गरिरहेकोे पत्रकारहरु लाई पेन्सनको व्यवस्था गराउने कार्य गरिएको,साथै प्रदेश २ मा कलाकारहरुको लागि चलचित्र बोर्ड गठन गरि आफ्नै प्रदेशमै फिल्म सिटि निर्माण गर्ने कार्यपनी प्रदेश सरकारले अगाडि बढाएको मन्त्री यादवले बताए ।

कार्यक्रमका सभा अध्यक्ष बिटु सिंहले भने, सिरहा जिल्ला लगायत देशभरमा भइरहेको अपराध,हिंसा,भ्रष्टाचार र मनोरञ्जन लाई जनता सामु लाउन हाम्रो टिम चौबीसै घण्टा तत्पर रहने बताए ।

उक्त कार्यक्रममा वशिष्ठ अतिथि प्रदेश न.२ को आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुनदर यादव,मिडिया काउन्सिल अध्यक्ष शिव हरि भट्टराई, जसपा का केन्द्रिय सदस्य तथा प्रदेश २ का आदिवासी जनजातिका कोषाध्यक्ष प्रदीप मण्डल , स्थानिय जनप्रतिनिधि र पत्रकार लगायत अतिथि तथा स्थानीयबासीहरुको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार