ट्रम्पको उक्साहटमा अमेरिकामा हिंसा,एक महिलाको मृत्यु : वाशिङ्टनमा कर्फ्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २३, बिहीबार ०९:५५ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी   । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

 

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार