कोभिडको प्रभावले दक्षिण एशियामा २ लाखभन्दा बढी बालबालिकाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ४, बुधबार १६:२३ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

एजेन्सी । कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २ लाख ३९ हजार आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ । सो प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ ।

प्रतिवेदनले यी छ देशमा थप २ लाख २८ हजार पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरेको छ । प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ ।

दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र एक लाख ८६ हजारको मृत्यु भएको छ ।

डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड–१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गरिएको छ ।

नेपाल र बाङ्ग्लादेशमा अति कुपोषणको उपचार गराइरहेको बालबालिकाको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको बताएको छ ।

प्रतिवेदनमा चार लाख किशोरीसहित ३५ लाख महिलाहरू परिवार नियोजनका साधनमा पहुँच नपुगेका कारण गर्भवती हुनुपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार