रेल दुर्घटना : कम्तीमा ३६ जनाको मृत्यु, ७२ घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २१, शनिबार ०७:१० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

ताइपेई — ताइवानमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ३६ जना मारिएको बताइएको छ । चार दशककै सबभन्दा ठूलो मानिएको रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएको त्यहाँको सेन्ट्रल न्युज एजेन्सी(सीएनए)ले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

८ वटा डिब्बा रहेको उक्त रेलका केही डिब्बा सुरुङभित्रै रहेका छन् । अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको बताइएको छ । सामान्य घाइते भएका ६१ यात्रुलाई भने अस्पताल लगिएको सीएनएले जनाएको छ ।

यसअघि ताइवानमा सन् २०१८ र १९८१ मा भएको रेल दुर्घटनामा क्रमश: १८ र ३० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार