रक्सी नपाएपछि सेनिटाइजर पिउँदा सातजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १२, आईतवार १०:१२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मुम्बई– भारतको महाराष्ट्रमा सेनिटाइजर पिउँदा शनिबार सातजनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार मदिरा नपाएपछि सेनिटाइजर पिएकाहरूको मृत्यु भएको हो ।

यवतमाल जिल्लाको वानी तहसीलमा कोभिड लकडाउनको कारण मदिरा नपाएको झोकामा उनीहरूले सेनिटाइजर पिएका थिए ।

ती सबै मृतक मजदूर रहेको बताइएको छ ।

वानी प्रहरी स्टेसनका अंजय पुजलवारले घटनाबारे छानविन भइरहेको बताए । महाराष्ट्रमा अहिले लकडाउन लागू छ ।

महाराष्ट्रमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार