भारत र चीनबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २८, मंगलवार ०८:५२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताएका छन् । भारतीय न्यूज च्यानल ‘जी न्यूज’सँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको बताए ।

उनले भारत र चीनबीच जारी सीमा विवाद समाधानका लागि आफूले मध्यस्थता गर्न सक्ने बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सकिने ओलीको भनाइ थियो । दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार