नागरिक एपमा त्रुटिको गुनासो आएपछि गृह मन्त्रालयले सच्याउन थाले

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ६, मंगलवार २०:०० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । सरकारी सेवालाई डिजिटलाइज गर्ने भन्दै ल्याइएको नागरिक एपमा त्रुटि रहेको गुनासो आएपछि गृह मन्त्रालयले सच्याउन थालेको छ ।

मंगलबार मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले सूचना जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया थालिएको बताएका हुन् ।

 

नागरिकता सम्बन्धी विवरण मेल नखाएकाले एप प्रयोगमा कठिनाइ भएको गुनासो प्रयोगकर्ताहरुले गरेका थिए ।

‘‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारासहित सोमबारबाट सुरु गरिएको एप हालसम्म एक लाख बढी डाउनलोड भइसकेको छ ।

नागरिक एपमार्फत प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने भनिएको छ ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने भनिएको छ ।

साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिने पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार