म्यानमारमा भइरहेको सैन्य दमन विरुद्ध शान्ति समाजको प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १७, मंगलवार १५:०७ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयअगाडि प्रदर्शन गर्दै समाजले राष्ट्रसंघका महासचिवलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरिएको छ ।

सभापति गोविन्द खनालले लेखेको पत्रमा भनिएको छ ‘मानव अधिकार तथा शान्ति समाज म्यानमारको सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार