मन्त्रिपरिषद बैठक बस्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १९, आईतवार ०९:२२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

सीसीएमसीको शुक्रबारको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नदेखि भारतसँगको सीमा नाका बन्द गर्नसम्मको सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार