‘Typing Competition’ प्रतियोगिता सम्पन्न !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २४, शनिबार २१:१३ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश२४,जनकपुरधाम – पि. एस. पि. कम्पुटरद्वारा आयोजित Typing Competition प्रतियोगिता सम्पन्न भएको छ । धनुषाको सबैला नगरपालिकाको बजारस्थित पि. एस. पि. कम्पुटरको कार्यालयमा शनिबार Typing Competition प्रतियोगिता सम्पन्न भएको हो ।

पि. एस. पि. कम्पुटरको मुख्य प्रायोजक रहेको प्रतियोगितामा पि. एस. पि. सेन्टरको विधार्थी १ देखि १२ गरेर भाग लिएका थिए । प्रतियोगितामा प्रथम लालबाबु ठाकुर दोस्रो विजय कुमार नौट र तेस्रो कृष्ण कुमार राय भएको हो ।

कार्यक्रममा पि. एस. पि. कम्पुटरले उपलब्ध गराएको कप, तागमा र प्रमाणपत्र हस्तान्तरण गरेको पि. एस. पि. कम्पुटरका संचालन आशाराम यादबले मधेश२४ लाइ बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति पत्रकार आयुब हुसेनले बालबालिकाहरुलाई पढाई प्रति आकर्षित गराउन यस्ता प्रतियोगिताहरु आयोजना गर्न आवश्यक रहेको बताए । उनले प्रतियोगिता आयोजना गर्ने सफल पार्न पुरस्कार राशि सहयोग गर्ने पि. एस. पि. कम्पुटरका संचालन आशाराम यादबलाई विशेष धन्यबाद समेत दिएका छन् ।

कार्यक्रममा मधेश२४को पत्रकार, प्रमुख कार्यालयका संचालन आशाराम यादब, विद्यालयका शिक्षक र अन्य कर्माचारि, विधार्थीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार