दुई लाख बढिको कपडासहित २ वटा मोटरसाईकल शसस्त्र प्रहरीको नियन्त्रणमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १३, शनिबार १५:१३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

सुरेश कुमार पांडेय मधेश24,कपिलबस्तु । कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै कपिलबस्तुको मर्यादपुर नाका बाट शसस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली रु.२ लाख बढि पर्ने कपडा र २ वटा  भारतिय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

  भारतबाट लुकाई छिपाई ल्याइ रहेकोे हुदा बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ७ जनाको टोलीले गोटिहवाको नहर बाटोमा तस्करहरुलाई लखेटदै २ लाख भन्दा बढीकोे कपडा सहित भारतिय मोटर साईकल पक्राउ गरेको हो ।

 भन्सार छली ती अवैध सामानहरु सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले बताउनु भएको छ । कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार