सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री बोहोरा बर्खास्त

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १४, मंगलवार १२:१५ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्।

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षमा  रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार