इशनाथ नगरपालिकामा एकै साथ तिन वटा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन 

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २८, मंगलवार २०:३७ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,रौतहट  । रौतहट जिल्लाको इशनाथ नगरपालिका -२ अौरौया टोलमा इ सामुदायिक स्वास्थ्य इकाई र सोहि नगरपालिकाको – ५,६ मा एकै साथ तिन वटा सामुदायिक स्वास्थ्य इकाई आज उद्घाटन  गरिएको छ । एक कार्यक्रमका बिच इशनाथ नगरपालिका नगर प्रमुख सन्तोष मेहता र इशनाथ नगरपालिकाकि उपनगर प्रमुख हुसने आरा खातुनले संयुक्त रूपमा उदघाटन गरेका थिए ।

इशनाथ नगरपालिका वडा नम्बर – २, ५ ,६  अन्तर्गत टाेलमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रकाे उदघाटन गरिएको छ । वडा नम्बर ६ का वडाध्यक्ष एवम् इशानाथ  नगरपालिकाका वडा प्रवक्ता  रामेश्वर शाहको  अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।वडावासीहरू लाई स्वास्थ्य चाैकीकाे अभावमा उपचार गराउन समस्या भइरहेको थियो त्यसकै मध्यनजर गरि इशनाथ नगरपालिकाको युवा बिकाश प्रेमी मेयर सन्तोष मेहताकाे पहलमा साे भवन भाडामा लि उदघाटन गरिएको हाे । नेपाल सरकारकाे सर्शत अनुदान बाट निर्मित भवनकाे समुदघाटन मिति २०७७ पाैष २९  गते  सु -सम्पन्न  उदघाटन गरिएको हाे ।

 

प्रमुख अथिती इशनाथ नगरपालिकाको युवा बिकाश प्रेमी मेयर सन्तोष मेहता , बिशिष्ट अथिती  इशानाथ नगरपालिकाकि नगर उपप्रमुख हुस्ने आरा खातुनको  संयुक्त रुपमा रिबन काटेर उदघाटन गर्नु भएको थियो । कार्यक्रमकाे संचालन स्वास्थ्य प्रमुख  इशराजुल खानले  गर्नुभएको थियोे भने समापन वडाध्यक्ष शाहले  गर्नु भएको थियो ।सो उद्घाटन कार्यक्रममा वडा -३ को वडा अध्यक्ष राम कौलाश राउत, नेकपाको नगर अध्यक्ष मोहन मेहता, अच्छेलाल राउत, वडा अध्यक्ष रामेश्वर शाह,पत्रकार, समाजसेवी  लगायतका भद्रभलादमी , स्थानीयहरूकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार