प्रचण्ड–माधव समूहले संसद् विघटनविरुद्ध मोटरसाइकल र्‍याली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ७, बुधबार १५:५९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ ।

मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ ।

 

त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् । प्रचण्ड– माधव समूह संसद् विघटन विरुद्ध चरणबद्ध आन्दोलनमा छ ।

जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गरिरहेको यो समूहले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको छ । विभिन्न जिल्लाबाट राजधानी उपत्यकामा जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी भएको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले बताए ।

संसद् पुन:स्थापनाको माग गर्दै यो समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार