सिरहाको मिर्चैयामा विष्णुपुराण महायज्ञ हुने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २५, आईतवार २०:१३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहाको मिर्चैयामा विष्णुपुराण महायज्ञ हुने भएको छ ।

मिर्चैया नगरपालिका–४ स्थित मिर्चैया बजार छेउमा चैत २४ गतेदेखि ११ दिने विष्णुपुराण महायज्ञ हुने भएको हो । यसका लागि अहिलेदेखि नै तयारी थालिएको छ ।

दाताहरुकै सहयोग र अगुवाइमा आयोजन हुन लागेको यो महायज्ञ यहाँ पहिलोपटक हो । पौराणिक धार्मिक मान्यता सम्वद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिन लागिएको अगुवा तथा वडाध्यक्ष दिनेश यादवले जनाए ।

महायज्ञमा विभिन्न देवीदेवताका गरी १०८ मूर्ति बनाइने आयोजक समितिले जनाएको छ । महायज्ञमा शिवदयाल तान्त्रिक बाबाले कथा वाचन तथा विशेष प्रवचन दिने जनाइएको छ ।

यहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार