सिरहामा तरुण दलको नेतृत्व सम्हाल्दै युवा नेता मण्डल:अध्यक्ष शाहीलाई छैन मतलब

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १८, मंगलवार १९:३५ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । नेपाल तरुण दल सिरहामा सदस्य एवम् युवा नेता अरबिन्द मण्डलले नै नेतृत्व सम्हाल्दै आएका छन् । जिल्ला सदस्य रहेका मण्डलले अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् ।

मँगलबार सिरहाको कल्याणपुर नगरपालिकामा आफ्नो संगठन विस्तारको क्रममा सहभागीहरुले कार्यवाहक अध्यक्ष सरद राजा शाही मूर्तिझैं मुकदर्शक भएको भनेर औल्याएका थिए ।

नेपाल तरुण दल सिरहाका सदस्य अरबिन्द मण्डलले नै जिल्ला भरिको सबै कार्यक्रमहरुको नेतृत्व गर्ने देखि लिएर कमान समेत सम्हालेको भन्दै मण्डललाई अध्यक्ष हुनुपर्ने सहभागी वक्ताहरुले बताएका छन् ।

मँगलबार नेपाल तरुण दल कल्याणपुरमा गरिएको सँगठन विस्तारको क्रममा सभापतिमा सन्तोष यादव, उपसभापतिमा नितिश कुमार सिंह, सचीवमा फेकन यादव , सह–सचीवमा रन्जित यादव ,कोषाध्यक्षमा भरत प्रसाद यादवलाई मनोनित गरिएको छ ।

यस्तै, सदस्यहरुमा अजय यादव (डमर), रमेश यादब,प्रमोद ठाकुर , दिपेन्द्र मण्डल , पप्पु यादव , बिनोद यादव सदस्यमा मनोनीत गरेका हुन् ।

तरुण दलका युवा नेता अरबिन्द मण्डलकै अध्यक्षतामा सम्पन्न एक कार्यक्रमबीच कल्याणपुर नगरपालिकामा तरुण दलको नयाँ कार्यसमितिहरू गठन गरिएको जनाइएको छ ।

तरुण दलको जागरण तथा संगठन बिस्तार अभियानअन्तर्गत कल्याणपुर  नगरपालिका वडा नम्बर ९ डुमरीमा  नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन भएको छ ।

सो क्रममा बोल्दै युवा नेता मण्डलले कम्युनिस्टहरूले आफ्नो लाल किल्ला ठान्ने कल्याणपुर नगरपालिकाको वडाहरूमा नेपाल तरुण दलले वडा कार्यसमितिहरू गठन गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको टिप्पणी गरे ।

“नेपाल तरुण दलको कार्यबाट कम्युनिस्टहरू निद हराम भएको छ । सिरहाका तरुणहरू कांग्रेसलाई बलियो बनाउन संगठन सुदृढीकरणमा लागेका हुन् ।” उनले भने ।

सोही कार्यक्रममा सहभागीहरुले नेपाल तरुण दल सिरहाको कार्य बाहेक सभापति सरद राजा साहीलाई कार्यक्रमहरुमा बोलाउदा उपस्थिति नभएको युवाहरूले गुनासो पोखे ।

सिरहामा हुने कुनै पनि कार्यक्रममा कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको शाहीलाई कुनै मतलब नै नराख्ने तथा कुनै पनि कार्यक्रममा सहभागिता नजाउने गरेको उनलाई हटाएर अरबिन्द मण्डललाई अध्यक्षको जिम्मेवारी दिन पनि युवाहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार