तलब नपाएको भन्दै नगपालिकामा शान्तीपुर्ण धर्ना : तालाबन्दी गर्ने चेतावनी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २५, बुधबार ०९:५६ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा तलब नपाएको भन्दै नगरपालिकाको विभिन्न विद्यालयमा पढाउदै आएका ७ शिक्षकले नगरपालिकाको कार्यालयमा शान्तीपुर्ण धर्ना दिएका छन् ।

साउन देखि अहिलेसम्म तलब नपाएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाईको शिक्षण सिकाई अनुदान शिक्षक संघर्ष समिति लुम्बिनीका संयोजक रामु यादवले बताएका छन् । केही महिना अघि केन्द्रबाट नै अनुदानको रकम नपाठएपछि विभिन्न चरणमा संघर्ष गरी माग गरिएको तलबको रकम नगरपालिकामा आएपनि शिक्षकको खातामा पठाउन नगरपालिकाले आलटाल गरेकोे उनले बताए । शिक्षण सिकाई अनुदानको लागि उक्त नगरपालिकामा आ.वा. २०७७÷०७८ को लागि २१ लाख ६० हजार उनले जानकारी दिएका छन् ।

शिक्षा शाखा प्रमुख कुल प्रसाद न्योपानेलाई धरै पटक यसको विषयमा भेटदा आस्वाशन मात्र पाइएको अर्का शिक्षक हरिशंकर यादवले बताए ।
उक्त संघर्ष समितिले चैत १३ गते नगरप्रमुखलाई सम्बोधन गर्दै ध्यानाकर्षण पत्र बुझाएको तर कुनै चासो नभएको शिक्षकहरुको गुनासो छ । ध्यानाकर्षण पत्रमा साउन देखि बाकि रहेको तलबलाई भुक्तानी पाउन र दरबन्दी मिलान वा अन्य कुनै बहानामा अनुदानका शिक्षकहरुलाई विस्थपित गर्न नहुने माग गरेका छन् ।

माग सम्बोधन नभएमा चैत २६ गते शिक्षा शाखामा तालाबन्दी गर्ने, चैत २९ गते नगरपालिकाको मूल गेटमा तालाबन्दी गर्ने र ३१ गते कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक, विद्यालय व्यवास्थापन समितिका पदाधिकारी, विभिन्न समाजसेवी तथा संचारकर्मीहरुको उपस्थिती गराई नगरपालिका अगाडी विरोध सभा समेत गर्ने संघर्ष समितिका संयोजक यादवले बताएका छन् ।

लुम्बिनी संस्कृतिक नगरपालिकाको प्रमुख प्रसशकीय अधिकृत भुपेन्द्र पाण्डेयले अनुदान शिक्षकहरुको तलब पठाउन प्रकृया अगाडी बढीसकेको बताए । शिक्षकहरुको हाजीरी रेकर्ड लगायत अवश्यक अनुगमन गरी तलब भुक्तानी गर्न कागजहरु शिक्षा शाखामा पठाइसकिएको र आफुले केही कामको लागि बाहिर गएको हुदाँ भुक्तानीमा समस्या भएको जानकारी दिए । सबैले पाउनुपर्ने तलब छिट्टै भुक्तानी हुने पाण्डेयले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार