कोरोना लुकाएर घर फर्किए, गयो ज्यान

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ६, सोमबार ०९:४१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर। रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए ।

संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए । आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे ।

कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार