सबैलामा फेरि थपिए १६ सम्म निषेधाज्ञा, सन्तोषी मेला पनि स्थगित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ११, बिहीबार २१:१० बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश२४,जनकपुर । धनुषाको सबैला नगरपालिकामा भदौ १६ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञाको समय ५ दिन थप गर्दै भदौ १६ गतेसम्म पुर्याएको हो ।

यसअघि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोभिड १९ बाट संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना समेत उच्च रहेकाले सबैला नगरको बैठकले अगामी भदौ १६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको सबैला नगरपालिकाले प्रेस विज्ञप्तिको मध्यमले जनाएको छ ।

निषेधाज्ञा थप गरिएको अवधिमा नागरिकको सहजताको लागी बिहान ७ बजेदेखि १० बजे सम्मसर्तसहित पसल खोल्न निर्देशन दिइएको छ । पसल र उपभोक्ताले अनिवार्य मास्क, सेनिटाईजर तथा पञ्जाको प्रयोग गर्नुपर्ने, भौतिक दुरीको ब्यवस्था मिलाउनुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

यसैगरी सबैला नगरपालिका वडा न १० (खरिहानी) मा लाग्ने सन्तोषी मेला पनि स्थगित गरिएको छ ।

निर्णयको बेवास्ता गर्नेलाई संक्रामक रोग एन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय धनुषाद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार