प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने : राज्यमन्त्री यादब

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १४, मंगलवार १४:२३ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,जनकपुरधाम   । प्रदेश २ का  आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादबले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने उहाले जानकारी दिनुभएको  छ  ।

अाेलिले सरकार चलाउन नसकेको र मधेसी नेतालाई सरकार चलाउन दिन मन्त्री यादवकाे जिकिर छ ।

बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने उहाले बताउनुभएको छ   ।

मन्त्री  यादबले आफूहरु लोकतान्त्रिक मूल्य मान्यताको आधारमा, संघीय लोकतान्त्रिक गणतन्त्रको मान्यताको आधारमा देशका जनताको समृद्धिको मूल एजेन्डा बनाएर सरकार चलाउन तयार रहेको उहाले जानकारी दिनुभयाे ।

संघीयतालाई समाप्त पार्नकै लागि केपी ओलीले संसद विघटन गरेको महिला मन्त्री  यादबकाे आरोप छ   ।

मन्त्री यादबले जनताले दिएको अधिकारको दुरुपयोग गरेकोले सबै महिलाको सम्मान माथि प्रहार भएको उहाले बताउनुभएको छ ।

मन्त्री उषा यादवले देशकाे महिला राष्ट्रपति बिधादेबि भण्डारी  भएपनि  महिलालाई अपमान गरेकाे उहाँको जिकिर छ ।

मन्त्री यादबले राष्ट्रपति बिधादेबि भण्डारीले संविधानकाे दुरुपयोग गरेकाे उहाँको भनाइ  छ ।

मन्त्री यादबले ओलीले संघीयतालाई अनवान्टेड बेबी भनेको भन्दै अघि भने, ‘मधेशी, जनजाति आदिवासी, थारु, दलित आन्दोलनको बलमा आएको संघीयातलाई समाप्त हुन नदिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार