प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ६ जना समातिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ९, आईतवार १५:४० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेकपा प्रचण्ड–माधव समूहका ६ जना काठमाडौंको नैकापमा पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार प्रधानमन्त्री ओली दहचोक महोत्सव उद्घाटन गर्न सोही बाटो हुँदै जाने तयारी थियो । कालोझण्डा देखाउने तयारीमा बसेका नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताहरु दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालीमाटी वृत्तमा राखिएको छ ।

संसद् विघटन पछि नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री र मन्त्रीहरुलाई कालोझण्डा देखाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार