प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २, बिहीबार १८:४५ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । ‘अहिलेसम्म भएको कामकारबाहीको समीक्षा भएको छ’ जसपा नेता लक्ष्मणलाल कर्णले भने ।

कार्यदलको बैठक साँझ ५ बजे फेरि बस्नेछ । एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार