मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २८, बुधबार ०९:३५ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका साहको धरानको घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकमा प्रदेश १, ०२, ०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकलका चालक ३० वर्षीय घनश्याम धामी गम्भीर घाइते भएका छन् । उनको घोपामै उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिएको मोटरसाइकल सडकमा पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार