
जनकपुर : सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राति भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिआर०१-जिसी ०३४१ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-४ का २७ वर्षीय राजन चौधरीको मृत्यु भएको छप्रहरीले जनाएको छ।
करिब ११ बजे इटहरीबाट दुहबी जाँदै गरेको को१९ प ६९७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको भारतीय नम्बरको ट्रककले ठक्कर दिएको थियो।
चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र चालकलाई दुहबी प्रहरीले नियन्त्रणमा लिएको छ।