सनराइज युथ संजाल द्वारा दलित बालबालिकालाई शैक्षिक समाग्री बितरण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक ११, मंगलवार १०:४९ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश२४, सिरहा / सिरहा नगरपालिका वडा नं ८ स्थित मैसोथा गाउँको दलित वस्तीमा सनराइज युथ सिरहा संजाल SYSS द्वारा दशैंको शुभकामना दिदै निधारमा टिका लगाई र दलित गरिब बालबालिकाहरुलाई पढ्ने सामग्रीहरु बितरण गरी कार्यक्रम सम्पन्न गरिएको छ ।

दशैंको शुभकामना दिदै सनराइज युथ सिरहा संजालद्वारा टीका कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रममा सिरहा ना. पा. ८ का दलित समुदायमा रहेको बालबालिकाहरुलाई पढ्ने सामग्रीहरू वितरण गर्दै, ती दलित गरिब बालबालिकाहरु पनि पढोस् र आजको यी बालबालिकाहरु भोलि का कर्णधार भन्ने उदेश्यका साथ ती बालबालिकाहरुको परिवार समक्ष उक्त भनाइ राख्दै कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रममा झन्डै ५० जना बालबालिकाहरु उपस्थित थिए।

सनराइज युथ सिरहा संजालका सदस्यहरुद्वारा यस कार्यक्रममा सहभागी भएका सम्पूर्ण स्थानीय गाउँलेहरुमा समेत धन्यवाद व्यक्त गरेको छ ।

साथै उक्त कार्यक्रममा बुद्धिजीवीहरु राजिप यादव, इ.सन्तोष साह, इ.सन्तोष गुप्ता,अभाश दास, रुपेश यादव, प्रवेश सिंह, अनिल सिंह, सन्तोष शाह, सुन्दर शाह लगायतका सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापकी शोभा शाह र अन्य सदस्यहरुको सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार