दलितका न्याय प्रतिवेदनमै सिमित : जितेन्द्र पासवान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १९, शुक्रबार १४:३४ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश२४_ जनकपुर : प्रदेश २ पछिल्लो समय दलित सामुदाय माथी भइरहेको श्रृङ्गख्लावद्ध हत्याहिंसा , बलात्कार र विभेद विरुद्ध सरकारले कुनै कदम न चाल्नुका कारण दिनै पिछे घटनामा वृद्धि भइरहेको बहुजन संघर्ष समिती प्रदेश २ का संयोजक जितेन्द्र पासवान ले बताए ।

४ दर्जन भन्दा बढी हत्या र बलात्कारका घटनामात्र प्रदेश २ मा दाविएको , पछाडिएका सामुदाय संग हुँदा पनि दुइटै सरकारको मौनता नै सरकारको असफलता रहेको बताएका छ्न ।आफू संग भएको घटनाको न्यायका लागी दलित सामुदायले जति आन्दोलन गरेपनी , जती भौतारिए पनि न्याय न पाउनु दलितका न्याय र सरकार मरेको हाम्रो बुझाइ रहेको समेत बताएका छन ।

पोस्टमार्टम रिपोर्ट लुकाउनु , छानविन समितीको रिपोर्ट ढिलो हुनु यस्ता ब्यवस्था दलितका लागि अबिसाप हो र दलितले अब आफ्नो नेतृत्व आफैले न लिए सम्म यस्ता विभेद समाप्त नहुने समेत पासवानले मधेश२४ लाइ बताएका छन ।

दलित संग घटना हुन लगतै गाउँघर स्थानीय सरकारका प्रतिनिधि , राजनीति कार्यकर्ताले गाउँमै घटना ढाक छोप गर्नु र घटना दवाउनु दु:खद हो पीडितले न्यायका साटो तिरस्कार पाउनु र राजनीति आडमा दोषी लुकाउनु समाजिक वैमानी समेत रहेक समेत बताए । न्यायका लागि प्रदेश २ भरिकै दलित हलाबोल भेलाको तैयारी संघर्ष समितीले गरिरहेको संयोजक पासवानले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार