सिरहा : सीमा नाका नखुले पनि भन्सार राजश्व बढ्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २२, बुधबार १४:३६ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

सिरहा : भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको अवधिमा रु चार करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको जनाएको छ । चालु आव २०७७÷७८ मा रु छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिनुभयो ।

भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ । अघिल्लो आव २०७६÷७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजश्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार