नगर पत्रकार संजाल गठनप्रति आपति, पत्रकारहरुले बुझाए नगरप्रमुखलाई ज्ञापनपत्र

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २३, बिहीबार १९:०८ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

गौशाला – प्रक्रिया नपुर्याईकन गौशालामा नगर पत्रकार संजाल गठन गरिएको घटनाप्रति आपति जनाउँदै गौशालाका पत्रकारहरु नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

विहीबार गौशाला कार्यक्षेत्र रहने गरि कार्यरत रहेका ११ जना पत्रकारहरु नगरप्रमुख शिवनाथ महतोलाई ज्ञापनपत्र बुझाएका हुन ।गत पुस २२ गते वुधबारका दिन आपसि सहमति बेगर प्रक्रिया नपुगाईकन नगर पत्रकार संजाल गठन गरेको भन्दै यहाँका पत्रकारहरु आपति जनाउँदै ज्ञापनपत्र बुझाएका हुन ।

गौशाला नगरपालिकाको सभाहलमा विरोधको वावजुद द पव्लिक टुडेका अध्यक्ष रामनारायण महतोलाई संयोजक पद चयन गरिएकोप्रति पत्रकारहरुको घोर आपति रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यसरी पुर्वाग्राही भई गठन भएको सो संजाल एकलौटी ढंगले गठन गरिएकोले सवैको सहमतिमा नगर पत्रकार संजाल गठनको लागि माग समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार