जनकपुरको मौसम पूर्वानुमानः वर्षाको सम्भावना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २८, मंगलवार ०९:३५ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

मंगलबार जारी पूर्वानुमानका अनुसार आज देशभर कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ।

यसैगरी, मंगलबार दिउँसो प्रदेश २ मा आंशिक देखि सामान्य बदली हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार