‘नेपाल–भारत सीमा नाका चाँडै खुल्छ’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २८, मंगलवार ११:०८ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

बारा — उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ले लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका छन् । बाराको कलैयामा सोमबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उनले भने, ‘सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’

 

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे । ‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाई राख्नुपर्छ,’ उनले भने ।

बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिए । सम्बोधनको क्रममा मन्त्री पोखरेलले नेकपा अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार