सप्तरीमा महिला हिंसाविरुद्ध प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १०, सोमबार ०८:३९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

सप्तरी । देशमा बढिरहेको महिला हिंसा र बलात्कारविरुद्ध आइतबार सप्तरीमा प्रदर्शन गरिएको छ ।

नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल महिला संघले सदरमुकाम राजविराजमा प्रदर्शन गरेको हो ।

मदननगरस्थित पार्टी कार्यालयबाट निकालिएको महिलाहरुको बिरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महिला नेतृहरुले देशमा बलात्कारका घट्ना बढिरहँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकार मौन बसेको आरोप लगाए ।

महिला नेतृ उषा पोखरेल, प्रदेश सांसदहरु रुबी कर्ण, अनिता यादवसहितकाले हत्या, हिंसा र बलात्कारका घटनामा संलग्नलाई सरकारले लुकाउने गरेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार