प्रदेश २ को एक संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ५, आईतवार २२:४९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर । वीरगञ्जबाट एकजना कोरोना संक्रमितलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ का ६१ वर्षीय पुरुष संक्रमित उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं गएका हुन् ।

ज्वरो आएपछि जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

मधुमेहसम्बन्धी रोगबाट पीडित उनलाई थप जोखिम आउन सक्ने भएकाले काठमाडौं लगिएको परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार