गर्मीयाममा खर्बुजा(तरबुज) मुल्य अकासिए

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २०, सोमबार १०:३३ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

महेश कु.राय, जनकपुर। प्रदेश नं.२ धनुषा जिल्ला सबैला नगरपालिका – ९ भठिहन बजारमा खर्बुजाको बिक्रि बढेको छ।

गर्मीयाम लगत्तै यता खरबुजा,खिरी,फुइट प्रशस्त मात्रामा निकै पाइन्छन्।कोहि यसलाई काटेर खान्छन् त कोहि जुस बनाएर पिउछन।यी खादा शरीर पनि स्वास्थ र फाइदा मय रहन्छन।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने मैन रोडकै छेउमै लाग्ने भठिहन बजारमा सजाएर राखिएका खर्बुजालाई हेरेर मुख रसाउछन।

हुलाकी सडक राजमार्गमा लाग्ने बिरेन्द्रबजार,जुरि बजार,रहुनाथपुर बजार,सबैला र भठिहन यी बजारहरुमा आउजाउ गर्नेलाई आकर्षित गर्छ।

यहाँ गर्मी यामको फागुन, चैत, वैशाख र जेठ महिनासम्ममा बढी खरबुजाको व्यापार हुन्छ।

यता पुर्वमा पर्ने कमला किनारको भेगमा किसानहरूले यी खेतिहरु गर्ने गर्छन।मेहनती किसानको हाथमा “बालुवामै बालुवाको टार” नै पर्यो भनेपनी उसले रसिलो खर्बुजा उब्जाउछन।

चिकना घाट बस्ने ४५ वर्षको किसान उरिदा राइन भन्छ्न, हामिहरु चैतमा खर्बुजा करिब १० कठ्ठामा रोप्छौ अनि यसमा लगभग ५० देखि ६० हजारको हराहारिमा खर्च हुन्छ ।

प्रयाप्त पानी आउँदा त अलि राम्रो हुन्छ लगभग लाखौं आम्दानी गर्न मिल्छ। र पानी नआउदा त अलि अपठ्यारो समेत हुन्छ्न।

व्यापारीहरु खरबुजा खेतमै टेम्पो र पिकअपमा लिएर समेत जान्छन् उनले बताए। हामिहरुको खर्बुजा त काठमाडौ सम्म टन्न जान्छन्।

चार महिनामै मनग्य कमाइ हुने गरेकाले राइन जस्ता भठिहन बजारमा एकदर्जन भन्दा बढी व्यापारीले खरबूजाको व्यवसाय गर्ने गरेका छन्।

राइनको अनुसार खुद्रामा अहिले खर्बुजा रु.३० देखि रु.४५०,५०० सम्म बिक्रीवितरण भैरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार