महोत्तरीमा कोरोनाबाट दुईको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २०, सोमबार १६:०८ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार