बर्दिबासमा पुत्ला दहन गर्ने क्रममा झडप, दर्जनौ अश्रुग्यास प्रहार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १०, बुधबार १६:४० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश२४ / महोत्तरी : महोत्तरीमा प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
६ वर्षीया बालिका हत्याको विरोधमा स्थानीय प्रशासनको निषेधाज्ञाका बीच महोत्तरीको बर्दिबासमा बुधबार प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले बर्दिबासका नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो । सो क्रममा प्रहरीले दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीको भिडलाई तितरबितर पारेको छ ।

यसैबीच बर्दिबास घटनाको विरोधमा सदरमुकाम जलेश्वरमा समेत प्रदर्शन भएको छ । स्थानीय युवाहरुले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

६ वर्षीया बालिका गुलाबसा खातुनको हत्याको विरोधमा मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार