कृष्णनगरमा मुख्यमन्त्री पोख्रेललाई बुझाइयो ज्ञापन पत्र

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २४, शुक्रबार १२:१० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

कृष्णनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोख्रेल हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसारनाका अवलोकन गर्नुभयो ।

राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी  लगायत संग भेटघाट तथा छलफल गर्नुभयो ।

भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकार द्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणा को माग गर्दै माननीय मुख्यमन्त्री शंकर पोख्रेल लाई ज्ञापन पत्र बुझाएका छन् ।

साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेश द्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेश द्वार निर्माण समितिले ध्यानाकर्षण गराएको थियो ।

अक्त छलफल मा व्यापारी लगायत अन्यले आ – आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गराएको ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार