स्कुल बसको ठक्करबाट एकजनाको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ६, बिहीबार १४:२१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

तिलोत्तमा-११ स्थित कुमारी चाेकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका तिलोत्तमा नगरपालिका-११ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो ।

बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर दिएको थियो । घाइते थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार