गाडीको ठक्करबाट एक जनाको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २७, बिहीबार १९:३७ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ विद्युत चोकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

भे १ क ११०० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय जयकण मल्लको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका मल्लको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार