जनकपुरमा सजाइए छठको घाटहरु !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ५, शुक्रबार १५:१४ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश२४ / जनकपुर । हिन्दु धर्मावलम्बी खासगरी, तराई मधेसमा विशेष रुपमा मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिन्छ ।

जनकपुरको गंगासागर तलाउ र रुकमिणी सागर तलाउमा छठ माताको प्रतिमूर्ति समेत स्थापना गरिएको छ ।

जनकपुरको गंगासागर, धनुसागर, अंगराजसर सागर, दशरथ तलाउ, रुकमिणी तलाउ, भुतही पोखरी, विजार सर पोखरी लगायतका तलाउ तथा पोखरीहरुलाई बेहुली झँै सजाएर झकिझकाउ बनाइएको छ । यस्तै वीरगंजको घडिअर्वा पोखरीलाई पनि छठका लागि सजाइएको छ ।

यद्यपि कोरोना महामारीका कारण विगतका वर्षको तुलनामा यस वर्ष छठको रौनक त्यति देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार