बस्तिपुर कुटिमा २४ घण्टै ‘ रामधुन एकाह’ सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष ८, बुधबार १९:३९ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर – ११ र ४ बस्तिपुर बजार स्थित रहेकोे शिव मन्दिर कुटिमा राम अरधना (एकहा) सुरु भएको छ ।

हटलेट्वा मण्डलीले आयोजना गरिएको एकहामा  स्थानीय भक्तजनहरुले विभिन्न किसिमको सामग्री कुटिमा हस्तान्तरण गरेका छ्न।

भगवान प्रती श्राद्धा राखेर एक स्थानीय प्रमोद साहले कुटिको बाबा लाई रु. पाँच हजार दान गरिएको छ। तेस्तै एक जना राम प्रसाद महतोले ५० किलो कोबि,अजब लाल यादव दाल, बिन्दे मास्टर चिउरा, भरोसी यादव ५० किलो दहि र धर्मे यादव द्धारा ५० किलो चामल प्रदान गरिएको छ भने,स्थानीयहरु इक्षानुसार सामग्री कुटिमा प्रदान गरिएको हो।

एकाहामा लगातार राम धुन नतोडी  २४ घण्टा सम्म चलिनेछ्न । सो पुजामा स्टार किङ युवा क्लब हटलेट्वाले बजार समितिको सहयोगमा  सरसफाइ गाराइदिएकोमा कुटिको बाबा तथा स्थानीयले क्लब तथा बजार समिति लाई धन्यवाद समेत दिएका छ्न ।  साथै सम्पुर्ण  दान कर्ता लाई पनि बाबाले धन्यवाद दिएका छ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार