महेन्द्रनगरमा महाविर झण्डा मेलाको लागी बाँसकट्ठी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १, बिहीबार १६:४५ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,महेन्द्रनगर ।  धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर नयाँ बजार स्थित श्री श्री १०८ श्री झण्डा मेलाको लागी बाँस काटिएको छ ।

यही फाल्गुन १ गते देखि ५ गते सम्म लाग्न गइरहेको झण्डा मेलाको लागी धुमधामका साथ बाजागाजा सहित बाँस कटिएको मेलाका कोषाअध्यक्ष गुडडु साहले जनकारी दिएका छन । साहका अनुसार क्षिरेश्वरनाथ नगरपालिका ७ नायाँ बजार स्थित धुमधामका साथ लागन गइरहेको मेलाको लागी विधिवत कामहरु अगाडी बढाइएको छ र मेलालाई थप रौन्कता दिनको लगी पहलमानी, झरी, झुला लगायतका टिमहरु सँग कुरा कानी भइरहेको छ ।

साथै फाल्गुन महिनामा लाग्न गइरहेको श्री श्री १०८ श्री महाविर जीको झण्डा मेला सबैको साथ सहयोगले राम्रो सँग सम्पन्न हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार